चैत ७, २०७९
नेपाल प्रहरीका २ प्रहरी निरीक्षक (इन्सपेक्टर) को काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले सोमवार २ प्रहरी निरीक्षकको काज सरुवा गरेको हो । अपराध अनुसन्धान विद्यालय प्रशिक्षण व्यवस्थापन शाखा महाराजगञ्ज काठ...
काठमाडाैं | माघ १६, २०७९
नेपाल उद्योग वाणिज्य महासंघले गहुँको आयात खुलाउन र स्टार्टअप कार्यविधि स्वीकृत गर्न माग गरेको छ ।
महासंघको प्रतिनिधिमण्डलले सोमवार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटी सो माग राखेको हो ।
महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डल र उद्योगमन्त्रीबीच भएको भेटवार्तामा उद्योग व्यवसाय प्रवद्र्धनका लागि सहजीकरण, अस्थिर ब्याजदरमा नियन्त्रण, भारतले रोकेको गहुँको आयात खुलाउनुपर्ने र स्टार्टअप कार्यविधि स्वीकृत गर्नका लागि सरकार पहल गर्नुपर्ने लगायतका विषयमा छलफल भएको थियो ।
अस्थिर ब्याजदरका कारण साना व्यवसायी पीडामा परेकाले यसको समाधानका लागि पहल गर्न उद्योगमन्त्रीमार्फत सरकारलाई आग्रह गरिएको भेटवार्तापछि महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । ‘इन्धनको मूल्य समायोजन हुन नसक्दा वस्तुको उत्पादन लागत बढ्न गई मुद्रास्फीतिमा समेत चाप परेको, उद्योगहरूमा अघोषित विद्युत् भार कटौतीका कारण उत्पादन प्रभावित बनेको र बजारमा उधारोको समस्या विकराल बन्दै गएको अवस्थामा उधारो उठाउने सम्बन्धी कानून यथाशीघ्र ल्याउनुुपर्ने माग महासंघले राखेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रिय आर्थिक रूपान्तरण नेट २०३० कार्यान्वयनका लागि गत साउनमा महासंघ र सरकारबीच समझदारी भएकाले यसको प्रभावकारिताबारे पनि महासंघले चासो राखेको छ । महासंघको पहलमा सरकारले तयार भएको स्टार्टअप कार्यविधिमाथि अन्तिम छलफल गरी पारित गर्न समेत उद्योगमन्त्रीसमक्ष महासंघले आग्रह गरेको छ ।
महासंघले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा नेपाल–भारत लगानी सम्मेलन आयोजना गर्ने र त्यसमा भारतस्थित महासंघको साझेदार संस्था सीआईआई सहआयोजक रहने कार्यक्रम रहेकाले यसमा मन्त्रालयका तर्फबाट आवश्यक समन्वय गरिदिनसमेत आग्रह गरेको छ । उद्योगमन्त्री भण्डारीले स्टार्टअप कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको र छिट्टै पारित हुने प्रतिबद्धता जनाएका छन् ।
नेपाल प्रहरीका २ प्रहरी निरीक्षक (इन्सपेक्टर) को काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले सोमवार २ प्रहरी निरीक्षकको काज सरुवा गरेको हो । अपराध अनुसन्धान विद्यालय प्रशिक्षण व्यवस्थापन शाखा महाराजगञ्ज काठ...
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ५ लाख ६१ हजार ३७५ सवारीसाधन कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षको ८ महिनामा ट्राफिक नियम उल्लंघन गरेको अभियोगमा सवा...
कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका–७ मा सोमवार राति से१च ८८७० नम्बरको ट्रली सहितको ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य २६ घाइते भएका छन् । जिल्ला प्रहरी कार्...
सांसदहरूले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन गर्नुपर्ने माग राखेका छन् । सोमवार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसदहरूले सन् १९५० को नेप...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी प्रकरणमामा सर्वोच्च अदालत जाने भएका छन्। राहदानी दुरुपयोग मुद्दामा महान्याधिवक्ताको कार्यालयले लामिछानेलाई उन्मुक्ति दिएको भ...
मौसममा आएको खराबीका कारण हिमाली क्षेत्रको हवाइ सेवा अवरुद्ध भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका निमित्त कार्यालय प्रमुख एसएसपी लालमणि आचार्यले हिमाली क्षेत्रका हवाइ उडान हुन नसकेक...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...