
नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउने भएको छ । देशको आर्थिक संकट र यसको समाधानका बारेमा एकीकृत समाजवादीले मंगलबार बिहान ९ बजे प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको हो।
बालुवाटारमा बुझाइने ज्ञापनपत्रमार्फत पार्टीले सरकारलाई अर्थतन्त्रको विषमा महत्वपूर्ण सुझाव दिने बताइएको छ ।