२९ जेठ २०८३, शुक्रबार

गाडीको ठक्करले एकको मृत्यु, पाँच घाइते

गाडीको ठक्करले एकको मृत्यु, पाँच घाइते

काठमाडौं महानगरपालिका –१३ सोल्टीदोबाटो सितापाईलास्थित सडकमा भएको गाडी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । 

बा.२ ख ८३६८ नम्बरको बस र ना.१ ज २४२१ नम्बरको सुमो गाडी एकआपसमा ठक्कर खाएर सोमबार दुर्घटना हुँदा बसमा सवार रसुवा गोसाईकुण्ड गाउँपालिका–६ घर भई हाल काठमाडौं पुतलीसडक बस्ने ५२ वर्षीया यायाल्म घलेको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका बसमा सवारमध्ये १ जनाको कलंकीस्थित नेपाल नेशनल अस्पतालमा र अन्य ४ जनाको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

सुमोका चालकलाई नियन्त्रणमा लिई हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्