२२ जेठ २०८३, शुक्रबार

एक वर्षमा साढे ४ लाख सवारी आयात, मोटरसाइकल मात्रै ३ लाख बढी

कात्तिक २०, २०७४
एक वर्षमा साढे ४ लाख सवारी आयात, मोटरसाइकल मात्रै ३ लाख बढी

कठमाडौं, ५ भदौ– 
पछिल्ला वर्षहरुमा नेपालमा बिलासी वस्तुको रुपमा लिइने सवारीसाधनको आयातमा व्यापक बृद्धि भएको छ । नेपालमा विभिन्न सवारी साधन आयात हुन थालेपछि पछिल्लो दुइ दशकमा सवारी आयातमा भारी बृद्धि भएको छ । आर्थिक वर्ष २०५३/०५४ मा २३ हजार ७ सय ६५ गाडी आयात भएकोमा देखि २०७३/०७४ मा ४ लाख ४४ हजार २ सय ५९ सवारी आयात भएका छन् ।

यातायात व्यवस्था विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०४७/०४८ देखि २०७३/०७४ सम्ममा २७ लाख ८३ हजार चार सय २८ वटा गाडी आयात भएका छन् । २७ वर्ष अगाडी आर्थिक वर्ष २०४७/०४८ मा १३ हजार एक सय ४९ थान सवारी साधन आयात भएकोमा गत आर्थिक वर्ष बढेर चार लाख ४४ हजार दुई सय ५९ पुगेको छ ।

विभागको तथ्यांकअनुसार पछिल्ला ४ आर्थिक वर्षका तुलना गर्दा क्रमशः सवारी साधन आयातको संख्या बढेको देखिन्छ । जसमा आर्थिक वर्ष २०७०/०७१ मा १ लाख ९८ हजार ३ सय ४३ थान सवारी साधन आयात भएका थिए भने त्यसको अर्को वर्ष आर्थिक वर्ष २०७१/०७२ मा २ लाख ३९ हजार ५ सय ८३ थान सवारी आयात भइ विभागमा दर्ता भएका छन् । यसैगरी आर्थिक वर्ष २०७२/०७३ ३ लाख ४३ हजार ७ सय ६५थान सवारी नेपालमा आयातमा भएकोमा अघिल्लो आर्थिक वर्षमा १ लाख ४ सय ९४ थान सवारी साधन बढी आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

तथ्यांकअनुसार संख्यात्मक हिसाबले सबैभन्दा बढी मोटरसाईकल आयात भइ दर्ता भएका छन् । आर्थिक वर्ष ०४६÷४७ सम्म भित्रिएका ७६ हजार सवारीसाधनमध्ये मोटरसाइकलको संख्या ३४ हजार पाँच सय ७६ थियो ।

अर्को आर्थिक वर्ष ०४७÷४८ मा भित्रिएका १३ हजारमध्ये मोटरसाइकलको संख्या पाँच हजार सात रहेको तथ्यांकमा उल्लेख छ । त्यस्तै, पछिल्लो वर्षको तथ्यांक हेर्दा आयात भएको कुल सवारीसाधनमा मोटरसाइकलकै हिस्सा बढी छ ।

अघिल्लो आर्थिक वर्षमा चार लाख ४४ हजार दुई सय ५९ वटा यातायातका साधन भित्रिँदा ३ लाख ५४ हजार ७६ थान मोटरसाइकल आयात भई दर्ता भएका छन् भने सबैभन्दा कम ८ सय ४१ थान माइक्रो आयात गरिएको छ ।

यसैगरी ५ हजार ३ सय ४२ थान बस, २ हजार ८ थान मिनिबस र मिनिट्रक, १२ हजार ७ सय १२ थान एक्साभेटर २१ हजार २ सय ९२ थानकार तथा जिप, १० हजार ६७५ थानपिक अप भ्यान, १७ हजार ७ सय ८२ थान टेम्पो,१७ हजार ८५ थान पावरटेल (कृषिजन्य काममा प्रयोग हुने ट्याक्टर) २ हजार २ सय ४७ इलेक्ट्रोनिक रिक्सा तथा २ सय ४ थान अन्य सवारी साधन आयात भएका छन् ।

हालसम्म भित्रिएका कुल गाडीको संख्यामा मोटरसाइकल २१ लाख ९० हजार छ । मोटरसाइकललाई पछ्याउँदै कार जिप भ्यान आयात भएको छ । यसको संख्या दुई लाख १३ हजार तीन सय २० पुगेको छ । बिलासी साधनको रुपमा लिइएको कारको संख्या पछि कृषिमा प्रयोग हुने ट्याक्टर, पावर टेलर संख्या उल्लेख्य छ । २७ वर्षको अवधिमा ट्याक्टर, पावर टेलर एक लाख लाख ३० हजार पाँच सय ६६ आयात भएको तथ्यांक छ ।

हालसम्म भित्रिएका सवारीमध्ये ४६ हजार तीन सय ४६ वटा बस छन् । पिक अपको संख्या ४५ हजार ६ सय ३१ छ । विकास निर्माणमा प्रयोग हुने क्रेनरडोजर एस्काभेज ७८ हजार दुई सय ५७ आयात भएका छन् । त्यसैगरी, उपत्यकामा सबैभन्दा धेरै चल्ने टेप्पो २९ हजार चार सय ६३ र मिनिबस र मिनि ट्रक २३ हजार ६ सय २२ आयात भएको छ ।

तथ्यांकअनुसार सबैभन्दा धेरै बागमति अञ्चल यातायात व्यवस्था कार्यालयमा दर्ता भएका छन् । उक्त कार्यालयमा १० लाख ४२ हजार आठ सय ५६ गाडी दर्ता भएका छन् । सबैभन्दा कम कर्णालीमा पाँच सय ३७ सवारी दर्ता भएका छन् ।

कार किन्न बढे
विभागको तथ्याङ्क अनुसार गत आर्थिक बर्षमा २१ हजार २ सय ९२ कार/भ्यान र जिप भित्रिएका छन् । यो संख्या २० बर्ष अगाडि ४ हजार ५ सय २१ थियो । नेपालमा विलासीताको रुपमा हेरिने कारको आयात ह्वात्तै बढेको देखिएको छ ।

गत बषए नेपालमा ३ लाख ५४ हजार मोटर साइकिल आयात भएको छ । २० बर्ष अघि यो संख्या १५ हजार ७ सय ३९ थियो ।

salt training

कमेन्ट गर्नुहोस्