
नुवाकोटको बेलकोटगढी–५ का नेवार समुदायका बासिन्दा सोही स्थानमा आयोजित एक कार्यक्रममा टाकटुके नाच प्रदर्शन गर्दै । यस नाचको उद्गमस्थल नुवाकोटको त्रिशूली मानिन्छ । नेवार समुदायमा रहेको परम्परागत बाजा र वेषभुषामा सजिएर लौरो जुधाई समूहमा नाचिने यो नाच गाईजात्राको समयमा नाचिन्छ । तस्बिर : रामहरि न्यौपाने -रासस