२१ असार २०८३, आइतबार

महिन्द्राको नयाँ एक्सयूभी ७०० सार्वजनिक, मूल्य ७४ लाखदेखि शुरू

महिन्द्राको नयाँ एक्सयूभी ७०० सार्वजनिक, मूल्य ७४ लाखदेखि शुरू

भारतको अग्रणी एसयूभी निर्माता महिन्द्रा एण्ड महिन्द्राले आफ्नो फ्ल्यागशिप ग्लोबल एसयूभी–एक्सयूभी ७०० नेपालमा सार्वजनिक गरेको छ । 

एक्सयूभी ७०० नेपाली उपभोक्ताका लागि उपयुक्त भएकोमा महिन्द्रा विश्वस्त रहेको छ । एक्सयूभी ७०० नेपालको पहिलो महिन्द्रा एसयूभी बनेको छ, जुन नयाँ पहिचान ट्विन पिक्स लोगोका साथ आएको छ ।

भारतबाहिर दक्षिण अफ्रिकापछि नेपाल एक्सयूभी ७०० लन्च गरिएको दोस्रो बजार रहेको कम्पनीले जनाएको छ ।
 
‘नेपालमा एक्सयूभी ७०० पाँच र सात सिट क्षमताको म्यानुअल र अटोमेटिक अप्सनसहितको पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ । 
एक्सयूभी ७०० भारतको सबैभन्दा प्रतिष्ठित इन्डियन कार अफ द इयर अवार्ड २०२२ को विजेता र कूल ३१ पुरस्कारहरू विजेता सबैभन्दा सम्मानित कार हो, जसमा २४ घण्टामा ४००० किलोमिटर दूरी तय गर्ने सहनशक्ति रेकर्ड ब्रेक पनि  समावेश छ । एक्सयूभी ७०० भारतको सबैभन्दा अग्लो मोटरेबल सडक उमलिंग ला यात्रा गर्ने पहिलो भारतीय एसयूभी बनेको छ,’ कम्पनीद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

महिन्द्रा एक्सयूभी ७०० लाई परिचयात्मक मूल्य ७४ लाख रुपैयाँमा सार्वजनिक गरिएको छ । परिचयात्मक मूल्य फेब्रुअरी २०२३ मा प्रारम्भिक डेलिभरी हुने गरी सार्वजनिक गरिएको मितिदेखि १ महिनाका लागि लागू हुने जनाइएको छ ।  

‘एक्सयूभी ७०० ले नेपालको प्रिमियम एसयुभी सेगमेन्टमा नयाँ मानक स्थापित गरेको छ । एसयूभीमा १०.२५ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम र क्लस्टर, सिक्स वे पावर्ड ड्राइभर सिट र १२ सोनी स्पिकर सहितको क्लास लिडिङ म्युजिक सिस्टम प्रिमियम सुविधाहरू रहेको छ । यसमा प्यानोरमिक सनरुफ र डुअल जोन क्लाइमेट कन्ट्रोल पनि रहेको छ । महिन्द्राले वयस्क सुरक्षाका लागि जीएनसीएपीद्वारा फाइभ स्टार सेफ्टी रेटिङको साथ एक प्रमुख कोसेढुङ्गा पनि हासिल गरेको छ र एसयूभी सुरक्षा विकल्पको रूपमा स्वायत्त इमर्जेन्सी ब्रेकिंग (एईबी) प्रदान गर्ने पहिलो मेड–इन–इन्डिया र स्वामित्व ब्रान्ड भएको पनि बनेको छ । यसको साइ–फाइ टेक्नोलोजी, उत्साहजनक प्रदर्शन विश्वस्तरीय सुरक्षाको साथ, एक्सयूभी ७०० यसअघि कहिल्यै नभएको एड्रेनालाईन डायल गर्न इन्जिनीयर गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

महिन्द्राले ३० वर्षभन्दा बढीको सम्बन्धलाई सुदृढ गर्दै अग्नि इन्कर्पोरेटेडमार्फत नेपालमा एक्सयूभी ७०० लन्च गरेको छ । महिन्द्राका लागि नेपाल ठूलो बजार हो ।

‘एक्सयूभी ७०० ट्विन पिक्स ब्राण्डको एसयूभी शोरुमबाट उपलब्ध गराइनेछ, जुन नेपाली ग्राहकलाई प्रिमियम अनुभव प्रदान गर्नकै लागि संरचित गरिएको छ,’ कम्पनीले भनेको छ । शुरूमा एक्सयूभी ७०० काठमाडौंका २ ट्विन पिक ब्राण्डका शोरुमबाट उपलब्ध हुनेछ । ट्विन पिक्स नेटवर्क आगामी मार्च २०२३ सम्ममा नेपालभरका ५ वटा शोरुममा विस्तार गरिने जनाइएको छ । नयाँ शोरुमग्राहक अनुभवलाई उन्नत बनाउन र महिन्द्राको लागि नयाँ ग्राहक आधार ल्याउन डिजाइन गरिएको छ ।

‘जोशपूर्वक इन्जिनीयर गरिएको एसयूभीले आफ्नो केन्द्रमा रहेको २.० मिटरस्टालियन टर्बो पेट्रोल इन्जिनबाट १४७ किलोवाट पावर र ३८० एनएम टर्क प्रदान गर्दछ, जुन यसअघि कहिल्यै अनुभूति गरिएको थिएन । पावरहाउसमा स्मुथ–सिफ्टिङ ६ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसन सिस्टम रहेको छ, जसले सहज र रोमाञ्चक ड्राइभ अनुभव प्रदान गर्दछ,’ कम्पनीले भनेको छ, ‘पूर्ण स्वायत्त सस्पेन्सन सेटअपबाट उच्च स्थिरता र अद्वितीय गतिशील क्षमताहरू आउँछ, जुन धेरै खालका भू–भागहरूलाई मध्यनजर गरेर विकसित गरिएको  छ । एक्सयूभी ७०० ले स्टेबलाइजर बार र एफएसडी (फ्रिक्वेन्सी सेलेक्टिभ ड्याक्पिङ) टेक्नोलोजीको साथ मल्टी–लिंक सस्पेन्सनको माध्यमबाट उत्कृष्ट प्रदर्शन प्रदान गर्दछ । उत्कृष्ट सवारी आरामको ग्यारेन्टी गरिएको छ, यसले कार्यदक्षता अनुरूप अद्वितीय गतिशील क्षमताहरू पनि प्रदान गर्दछ ।’

एक्सयूभी ७०० मा नयाँ ट्विन पिक्स लोगो, वाइड ट्रयाक लेन्थ र अथेन्टिक एसयूभी स्टान्ससहितको आकर्षक फ्रन्ट ग्रिलसहित कारको उच्च कार्यसम्पादन क्षमताको संकेत गरेको जनाइएको छ । फस्र्ट–इन–सेगमेन्ट विशेषताहरूमा ‘स्मार्ट डोर ह्यान्डल्स्’ ह्वील आर्चहरूमाथि प्रमुख ह्वील हन्चहरू र अटोमेटिक बुस्टिङ सहितको एलईडी क्लियर–भ्यू हेडल्याम्पले स्पोर्टी स्टान्सलाई अझ मजबुत बनाएको कम्पनीको दाबी छ । 

साई–फाई टेक्नोलोजी

एक इमर्सिभ ड्राइभ अनुभव भित्रका सुविधाहरूको संयोजनबाट प्राप्त हुन्छ । वायरलेस चार्जिङ र पूर्ण रूपमा स्वचालिक (अटोमेटिक) इलेक्ट्रोनिक डोर ह्यान्डलका साथ सोनीको इमर्सिभ १२–स्पिकर थ्रीडी साउण्ड अनुभूतिले ग्राहकहरूलाई आनन्दित तुल्याउँछ । एक्सयूभी ७०० रेन्जको शीर्ष स्थानमा रहेको महिन्द्राको स्काइरुफ– टीएम–ले हावायुक्त र हलुका क्याबिन वातावरण सिर्जना गर्दछ । 

विश्वस्तरीय सुरक्षा

‘सुरक्षा’ एक्सयूभी ७०० अनुभवको एक मुख्य स्तम्भ हो । सन् २०२१ मा ग्लोबल एनसीएपीबाट ‘सेफर च्वाइस’ अवार्ड विजेता एक्सयूभी ७०० को नोभेम्बर २०२१ मा दुर्घटना परीक्षण (क्र्यास टेस्ट) सम्पन्न गरिएको थियो र यसले वयस्क सवारीको सुरक्षाका लागि पूर्ण फाइभ स्टार रेटिङ र बाल सवारी सुरक्षका लागि फोर स्टार प्राप्त गरेको थियो । प्रमाणिक एसयूभीमा ७ वटा एयरब्यागहरू छन् । यसले एएक्स सेभेन भेरियन्टमा कम्प्रिहेन्सिभ एडभान्स ड्राइभिङ असिस्टेन्स सिस्टम (एडीएएस) प्रदान गर्दछ । यसमा स्मार्ट पाइलट असिस्ट, एडेप्टिभ क्रुज कन्ट्रोल, स्वचालित आपतकालीन ब्रेकिङ (अटोमेटिक इमर्जेन्सी ब्रेकिङ), अर्को लेन प्रवेश गर्दा चेतावनी (लेन डिपार्चर वार्निङ), आफ्नै लेनमा कायम रहन सहयोग (लेन किप असिस्ट) र इभेन्ट ट्राफिक साइन रिकग्निसन मानकका रुपमा रहेका छन् । नयाँ पुस्ता स्थिरता नियन्त्रण सबै भेरियन्टहरूमा मानकका रूपमा रहेको छ । हाइ बिम असिस्टको साथ स्वचालित हेडल्याम्पहरूले सडकमा अँध्यारो क्षेत्रहरूको प्रकाशलाई गतिशील रूपमा समायोजन गर्दछ, आउँदै गरेको ट्राफिकको दृष्टिमा अत्यधिक उज्यालोले असर नपार्ने गरि यो प्रविधिले काम गर्छ । टायर प्रेसर मोनिटरिङ सिस्टम, अतिरिक्त रिभर्स क्यामेरा, ड्राइभरको निद्रा पत्ता लगाउने इन्टेलिजेन्ट प्रणाली र स्टप एन्ड गो ड्राइभिङ फङ्सनले यसको एडेप्टिभ क्रुज कन्ट्रोलको एक भागको रूपमा सुरक्षालाई थप ध्यान दिन्छ ।

अग्नि इन्कर्पोरेटेडको बारेमा 

अग्नि इन्कर्पोरेटेड प्रालि महिन्द्रा युटिलिटी भेहिकल्स र ट्रयाक्टरको आधिकारिक वितरकको रूपमा अग्नि देशको अग्रणी युटिलिटी भेहिकल वितरक रहँदै आएको छ र यसले नेपालमा महिन्द्रा ब्राण्डको विरासतलाई सफलतापूर्वक निरन्तरता दिइरहेको छ । अटोमोबाइल आयातकर्ता भएदेखि नै अग्नि ग्रुपले अटोमोबाइल्स, स्पेयर्स र सेवाहरूको प्रिमियम बिक्रेताको रूपमा अथक प्रगति गरेको छ भने आकार, नेटवर्क र क्षमताहरूमा यो अतुलनीय छ । अग्नीको देशभर ८० भन्दा बढी डिलर र शाखाहरू रहेको व्यापक सञ्जाल छ र अटोमोबाइल व्यवसायमा अतुलनीय प्रतिष्ठा छ ।

महिन्द्राको बारेमा

सन् १९४५ मा स्थापित महिन्द्रा समूह १०० भन्दा बढी देशहरूमा २ लाख ६० हजार कर्मचारीहरू भएको कम्पनीहरूको सबैभन्दा ठूलो र सबैभन्दा प्रशंसनीय बहुराष्ट्रिय महासंघ हो । यसले भारतमा कृषि उपकरण, उपयोगिता वाहन, सूचना प्रविधि र वित्तीय सेवाहरूमा अग्रणी स्थान हासिल गरेको छ तथा संख्यात्मक आधारमा विश्वको सबैभन्दा ठूलो ट्रयाक्टर कम्पनी हो । यसको नवीकरणीय ऊर्जा, कृषि, बन्दोबस्ती (लजिस्टिक), आतिथ्य र रियल इस्टेटमा पनि बलियो उपस्थिति छ । महिन्द्रा समूहले समुदाय र सरोकारवालाहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यका ग्रामीण समृद्धि सक्षम तुल्याउन र सहरी जीवनयापनमा सुधार गर्ने गर्ने उद्देश्यसहित विश्वव्यापी रूपमा ईएसजीको नेतृत्व गर्र्ने कुरामा स्पष्ट ध्यान केन्द्रित गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्