×

NMB BANK
NIC ASIA

सिक्किममा रहेका नेपालीको पक्षमा भारतको सर्वोच्च अदालतमा मुद्दा दायर गरिने

माघ १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको सिक्किम राज्यमा रहेको एसियोसिएन अफ ओल्ड सेटलर्स नामक संस्थाले भारतको सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने घोषणा गरेको छ ।

Muktinath Bank

अदालतले हालै दिएको फैसलाको अब्जर्भेसन खण्डमा सिक्किममा रहेका नेपालीहरूलाई विदेशी र आप्रवासी भन्ने शब्द उपयोग गरिएकोमा ती शब्दहरू हटाउनका लागि मुद्दा दायर गर्न लागिएको हो । भारतीय मूलको सिक्किमेलीलाई आयकर छुट दिने विषयमा अदालतले फैसला गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार जारी गरिएको प्रेस विज्ञप्तिमा एओएसएसले अदालतको फैसलामा आपत्तिजनक शब्द उपयोग गरिएको र तिनलाई हटाउन आफूले सबै प्रयास गर्ने जनाएको छ । यही संस्थाले सन् २०१३ मा आयकर छुटको मागका साथ मुद्दा दायर गरेको थियो । 


Advertisment
Nabil box
Kumari

‘यस विषयमा भारतका शीर्ष कानूनविद्हरूसँग छलफल गरिएको छ र हामी यी शब्द हटाउन सर्वोच्च अदालतमा पुनः मुद्दा दायर गर्दैछौं,’ विज्ञप्तिमा लेखिएको छ । 

Vianet communication
Laxmi Bank

मूल निवेदनमा पनि सिक्किमेली नेपालीहरूलाई वर्णन गर्नका लागि निश्चित शब्द उपयोग गरिएकोमा आफूहरूले आपत्ति जनाएको एओएसएसको भनाइ छ । यस्ता अभिव्यक्तिलाई हटाउनका लागि आफूले सुधारिएको निवेदन दायर गरेको उसले स्मरण गराएको छ । 

‘यस १० वर्षमा अनेकौं बहसहरू भए । हामीले ती बहसमा एकपटक पनि नेपाली भन्ने शब्द उपयोग गरेनौं । कुनै पनि समुदायको भावनालाई आहत नगरी अनि कसैलाई पनि विदेशीको बिल्ला नलगाई हामीले न्याय सुरक्षित गराउन खोजेका छौं,’ एओएसएसले लेख्यो । 

एओएसएसका अनुसार, सन् १९७५ मा सिक्किम भारतमा विलय भएदेखि नै भारतीय मूलका ४०० परिवार भुटिया, लेप्चा र नेपालीहरूसँग सौहार्द्रताका साथ बसिरहेका छन् र राज्यको विकासमा योगदान गरिरहेका छन् । उनीहरूलाई सन् २००८ मा सिक्किमेलीको परिभाषाबाट वञ्चित गरिएको अनि आयकर छुट नदिइएको थियो । 

सर्वोच्चको फैसलालाई चौतर्फी स्वागतर गरिएको भए पनि त्यसमा परेको विदेशी भन्ने शब्दले दार्जीलिङवासी गोर्खाहरूलाई पनि चिढ्याएको छ । दार्जीलिङका सांसद राजु विष्टले गोर्खाहरूलाई विदेशीको संज्ञा दिइएको कुरामा दह्रो आपत्ति जनाइएको बताएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x