
काठमाडौं, ५ भदौ–सरकारले मंसीर १० गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर १० गते संघ र प्रदेशको चुनाव गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।
‘१० गते निर्वाचन गर्ने विषय निर्वाचन आयोगलाई लेखिपठाउने निर्णय भएको छ,’ सञ्चार मन्त्रीले भने ।
प्रमुख राजनीतिक दलहरुबीच दुई वटै चुनाव एकै पटकमा गर्ने यसअघि नै सहमति भएको थियो । जसलाई निर्वाचन आयोगले पनि स्विकार गरेको छ ।