×

NMB BANK
NIC ASIA

‘समयमै आऔं, मर्यादित पोशाक लगाऔं र राष्ट्रियगान गाऔं’

माघ १७, २०७९

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सदनमा समयमै उपस्थित हुने, मर्यादित पोशाक लगाउने र राष्ट्रिय गान बजाउने व्यवस्था गर्न सुझाव दिएको छ ।
 
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको मंगलवारको बैठकमा रास्वपाका सविता गौतमले सदन समयमै उपस्थित हुने, ड्रेसकोड कायम गर्ने र राष्ट्रिय धुनको सट्टा राष्ट्रिय गान नै बजाऔं भन्ने विषय सहितका सुझाव प्रस्तुत गरिन् ।

Sagarmatha Cement
Muktinath Bank

सभामुख सदनमा प्रवेश गर्नसाथ राष्ट्रिय धुन बजाइने र त्यहाँ उपस्थित सबै उठेर राष्ट्रिय धुनप्रति सम्मान गर्ने प्रचलन रही आएको छ । उनले भनिन्, ‘पङचुवालिटी, सभालाई मर्यादित तुल्याउन ड्रेसकोट, राष्ट्रिय गानप्रति सम्मान व्यक्त गर्न त्यो बजाइँदा सबै सतर्क अवस्थामा रहनुपर्ने व्यवस्था होस् भन्ने हाम्रो दलको धारणा हो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सदनमा सभामुखको भूमिका निर्णायक (रेफ्री) जस्तो हुन्छ भन्ने मान्यता भए पनि कहीले काही प्रतिपक्षलाई पेलेर जान्छन् भन्ने कुरा सुनिँदै आएको बताउँदै समिति सदस्य गौतमले सभामुख कुनै दल विशेषको पक्षधर भएको खण्डमा त्यसको उपचार वा सम्बोधन कहाँबाट खोज्ने भन्ने विषय पनि निमयमालीमा स्पष्ट हुनुपर्नेमा जोड दिइन् ।


Advertisment
Nabil box
Kumari

दल विशेषको सभामुख बनाउने होडबाजीले त्यो अवस्था आउन सक्नेतर्फ समयमै सचेत भएर निमयमावली बनाउन ध्यान पुर्‍याउन आवश्यक रहेको उनले बताइन् ।

Vianet communication
Laxmi Bank

नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले सभालाई मर्यादित र अनुशासित तुल्याउन सदन चलिरहेका समयमा मुख्य विषयमा ध्यान दिनुको साटो मोबाइल चलाउने, पत्रपत्रिका पढ्ने लगायत विषयमा अल्झने प्रवृत्ति अन्त्यका लागि नियमावली तर्जुमामै कडाइ गर्न व्यवस्था गर्न सुझाव दिए ।

नेकपा एमालेका नेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले नियमावलीमा सदनमा सभामुखतिर पिठ्यू फर्काउन नहुने स्पष्ट लेखिए पनि नेता र सदस्यबीचका संवादमा यस्ता क्रियाकलाप पटक–पटक हुने गरेको बताए ।
 
उनले भने, ‘कुनै सदस्यले बैठकमा असंगत कुरा बोलेमा माथि चियरबाट हस्तक्षेप नहुने हो भने नहुनु पर्ने कुरा पनि भइरहन्छ, बैठकमा कार्यसूचीभन्दा बाहिर गएर असम्बन्धित विषय प्रवेश गराउने कार्य पटक भएको देखिन्छ, त्यसलाई अध्यक्षको चियर र नियमापत्तिको अभ्यासबाट सदस्यले हो ।’

ज्येष्ठ सदस्य चित्रबहादुर केसीको अध्यक्षतामा सञ्चालन भएको समितिको बैठकमा सदनमा विरोध गर्ने क्रममा वेल घेराउन कार्य नियम विपरीत भए पनि दलले अभ्यासकै रूपमा अघि बढाइरहेकाले त्यसलाई आगामी दिनमा दोहर्‍याउन दिन नहुने सुझाव दिइयो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x