
बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा बुधबार चर्चित गायिका ज्योती मगर आउने भएकी छन\ ।
नेपालगञ्जको कारकादोस्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा गायिका ज्योती मगर आउने भएकी हुन् । उनका साथै गायिका उमादवी खनाल, डान्सर सिजृना गुरुङ्गको पनि प्रस्तुति रह्ने प्रचारप्रसार समितिका संयोजक भागवत कंडेलले जानकारी दिए ।
दर्शकको मनोरञ्जन र नयाँ कलाकारहरुको उत्पादन एवं स्थानिय कलालाई प्रवद्र्धन गर्न हरेक दिन लुम्बिनी प्रदेश स्तरीय प्रतियोगिता समेत भईरहेको छ भने बुधबार कुस्ती प्रतियोगिताको अन्तिम दिन पनि हो ।