११ साउन २०८३, सोमबार

जसपा र उन्मुक्ति पार्टीबीच एकताबारे छलफल

जसपा र उन्मुक्ति पार्टीबीच एकताबारे छलफल

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र नागरिक उन्मुक्ति पार्टीबीच एकताको सम्भावनाबारे छलफल भएको छ । जसपाको तर्फबाट वार्ता समितिको संयोजक रहेका नेता राजेन्द्र श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच यही प्रयोजनका लागि भेटघाट भएको छ । 

मंगलबार बिहान भएको भेटमा श्रेष्ठले जेलमा करिब १ घण्टा छलफल भएको बताइएको छ । नागरिक उन्मुक्ति पार्टी खोल्नुअघि रेशम चौधरी जनता समाजवादी पार्टी, नेपालकै कार्यकारिणी सदस्य भएको कारण उनीसँग पार्टी एकता सहज हुन सक्ने आँकलनका साथ छलफल अगाडि बढाइएको बताइएको सो पार्टीले जनाएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्