२७ जेठ २०८३, बुधबार

तत्कालीन प्रशासकीय अधिकृतलगायत ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

तत्कालीन प्रशासकीय अधिकृतलगायत ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतलगायत ३ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ।

उनीहरूले गाउँपालिकाको वडा नम्बर ६ सोरुकोटस्थित खौलाचौरमा फिल्ड निर्माण गर्ने क्रममा समथर चौर भत्काई कुनै हार्ड रकसमेत नभएको अवस्थामा प्राविधिक गलत प्रतिवेदन पारेको अख्तियारको ठहर छ।

उजुरीका आधारमा सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, सब-इन्जिनियर मनोज धामी र सब-इन्जिनियर जगतबहादुर मल्लविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकव हो।

उक्त फिल्ड निर्माण योजनामा गलत नापी किताब तयार गर्ने, नापी किताब चेकजाँच गर्ने, सो नापी किताब स्वीकृत एवं फिल्डमा नभएको नगरेको कामको मूल्याङ्कन गरेको उनीहरूमाथि अख्तियारले आरोप लगाएको छ।

यस क्रममा उपभोक्ता समितिलाई १५ लाख ४४ हजार ९ सय ३० रुपैयाँ रकम भुक्तानी गरेको र उनीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर ठहरिएको अख्तियारको दाबी छ।

उनीहरू तीनै जनाउपर त्यति नै बिगो र बिगोबमोजिम जरिवाना माग गरिएको छ।

साथै उनीहरूलाई ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैदसमेत अख्तियारले माग गरेको छ।

यसैगरी सोरुकोट खौलाचौर फिल्ड निर्माण उपभोक्ता समितिका अध्यक्ष रतन बहादुर शाही, सचिव धर्म बहादुर मल्ल र कोषाध्यक्ष धनदेवी छत्याल (शाही) ले सोरु-६ सोरुकोटस्थित खौलाचौर फिल्ड निर्माण कार्यमा गाउँपालिकासँग गरेको सम्झौताविपरीत कार्य गरेको भन्दै उनीहरूलाई पनि सोही रकम बिगो कामय गरी सजाय माग गरिएको छ।

साथै सोरु-६ का तत्कालीन वडाध्यक्ष मनप्रसाद भट्टले फिल्डमा हुँदै नभएको कार्य सम्पन्न गरेको भन्दै भुक्तानी गरिदिन सिफारिस गरेकाले उनलाई पनि दोषी ठहर गर्दै अख्तियारले सजाय माग गरी आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्