२४ जेठ २०८३, आइतबार

पाकिस्तानका पूर्व गृहमन्त्री शेख राशिद अहमद पक्राउ

माघ १९, २०७९
पाकिस्तानका पूर्व गृहमन्त्री शेख राशिद अहमद पक्राउ

पाकिस्तानका पूर्व गृहमन्त्री तथा अवामी मुस्लिम लीगका नेता शेख राशिद अहमदलाई इस्लामाबाद प्रहरीले बिहीवार बिहान पक्राउ गरेको छ । 

अहमदले पूर्व राष्ट्रपति असिफ अली जरदारीका विरुद्ध दिएको बयानका आधारमा उनलाई पक्राउ गरिएको हो । पाकिस्तान तहरीक ए इन्साफका प्रमुख इमरान खानको हत्या गर्नका लागि जरदारलिे षड्यन्त्र बनाएको भनी अहमदले आरोप लगाएका थिए । 

अहमदलाई इस्लामाबादस्थित घरबाट पक्राउ गरिएको उनका भतिजा शेख राशिद शफिकले बताए । 

जरदारीको दल पाकिस्तान पिपुल्स पार्टीका उपाध्यक्ष रजा इनायत उर रहमानले प्रहरीमा दिएको जाहेरीका आधारमा अहमदलाई पक्राउ गरिएको हो । 

इमरान खान स्वयंले पनि जनवरी २७ मा टेलिभिजनमा सम्बोधन गर्दै आफ्नो हत्याको षड्यन्त्रमा जरदारी संलग्न रहेको आरोप लगाएका थिए । प्लान सी अन्तर्गत एक आतंकवादी समूहलाई यसका लागि खटाइएको उनको दाबी थियो । तर उनले यस विषयमा कुनै प्रमाण दिएका थिएनन् । 

salt training

कमेन्ट गर्नुहोस्