२५ असार २०८३, बिहीबार

रास्वपा बैठक डेढ घण्टा पछाडि सर्‍यो

रास्वपा बैठक डेढ घण्टा पछाडि सर्‍यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक अपराह्न साढे ४ बजेका लागि सरेको छ ।

पछिल्लो राजनीतिक घटनाक्रम र सरकारमा सहभागिताबारे निर्णय लिन ३ बजेका लागि बोलाइएको बैठक डेढ घण्टा पछाडि सरेको हो ।

रास्वपा स्रोतका अनुसार बैठकमा सरकारबाट बाहिरिने विषयमा छलफल हुनेछ ।

नागरिकता अवैध ठहर भएपछि पदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आफैंलाई गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएका थिए ।

प्रचण्ड तत्काल रविलाई गृहमन्त्री बनाउन तयार नभएपछि रास्वपाले सरकारबाट बाहिरिने तयारी गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्