नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक स्थायित्व र सरकार सञ्चालनमा प्रमुख राजनीतिक दलबीच सहमतिको विकल्प नभएको बताएका छन् ।
सामाजिक सञ्जालमा ट्वीट गर्दै डा. भट्टराईले त्यस्तो बताउँदै लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगामा कसैले प्वाल पार्न नहुने सुझाव दिएका छन् । सत्ता समिकरणमा खटपट शुरु भएपछि उनको यो पछिल्लो धारणा आएको हो ।
उनले लेखेका छन्, “लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्ने काम नगरौं, यो डुंगा डुब्दा हामी सबै त डुब्छौं डुब्छौं, देश र जनताले ठूलो क्षति व्यहोर्नुपर्नेछ ।”