३१ असार २०८३, बुधबार

तीन व्यक्ति मृत भेटिए

तीन व्यक्ति मृत भेटिए

देशको विभिन्न जिल्लामा बिहीबार तीन जना मृत भेटिएका छन् । प्रहरीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका–१० पहलवानपुर घर भई धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोल डेरागरी बस्ने ३५ वर्षीय अम्मरबहादुर चौधरी आफ्नै सुत्ने कोठामा बिहीबार मृत अवस्था फेला परेका छन् ।  

सोहीअनुसार सुर्खेतको गुर्भाकोट नगरपालिका–६ गोचेखोला बस्ने २२ वर्षीय दिपक सुनार सोही ठाउँस्थित खोलाको बीचभागमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

यसैबीच,    काठमाडौंको गोकर्णेश्वर नगरपालिका –५ जोरपाटी ओरालोमा पहिचान नभएका अन्दाजी ४५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्