असोज ३०, २०८०
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा लामो छलफल गरेका थियौं । देशविदेशका नेपालीका बहुआयामिक मुद्दालाई सम्बोधन गरेर जनतालाई सुशासन र न्याय दिलाउने उद्देश्यसहित त्यो कार्यक्रमको योजना बनेको थियो । हाम्रो त्यो सपना पूरा भएकै हो ।
राजनीतिक जोडघटाउसँगै तिमीलाई नेपाल टेलिभिजनबाट प्रशारित उक्त कार्यक्रम चलाउने जिम्मेवारीबाट अन्यायपूर्ण तबरले हटाइयो । तिमीले त्यो सपनाको हत्या हुन दिएनौ, बरु अझै हुर्काएर ‘सिधा कुरा जनतासँग’ ल्यायौ । अन्यायमा परेका नागरिकलाई गरेको सहयोगका कारण हाम्रो पुस्ताले तिमीप्रति भरोसा गर्न थाल्यो । सपना देख्न थाल्यो । बहुसंख्याक युवाको प्रतिनिधि बन्यौ तिमी ।
तिम्रो मात्रिभूमि (सालनाल गाडिएको माटो) नेपाल हो । रवि भन्ने नाम त कसैले जुराएका मात्र हुन् । नागरिकता र पासपोर्ट पनि एउटा पहिचान हो तर सामूहिक सपनाको भारी बोकेपछि धेरैकुरा नचाहेर पनि अगाडि/पछाडि आउँछन् ।
यहाँनेर म पूर्व युवराज पारस शाहका कुरा स्मरण गर्न चाहन्छु । पारस भन्नुहुन्छ, ‘म राजा बन्न जन्मेकै हैन, मलाई नियतिले पुर्यायो र हटायो । अब मेरो जीवन मेरो तरिकाले बाँच्न किन दिँदैन यो समाज ?’
जवाफमा मैले भनेको थिएँ, ‘यो समाजको भारी बोकिसकेपछि बिसाउने छूट हुन्न ।’
हो, तिमीले नागरिताको विषयमा कुनै ग्लानी या लज्जाबोध मान्नुपर्ने कारण छैन । तिमीले कुनै अपराध गरेको होइन, मात्र सामूहिक सपना बोकेपछि जवाफदेही हुनुपर्छ । नियतिले तिमीलाई केही समयका लागि अमेरिकन नागरिक बनायो, नियतिले नै खोसायो । यो कुनै ठूलो कुरा हैन ।
अचानक देशमा भरिएको चरम असन्तुष्टिहरूको चाङमाथि तिमीले सपनाको भारी अझै थप्यौ । राजनीतिक दल खोलेर छोटो समयमा सफलता प्राप्त गर्यौ । हाम्रो पुस्ताले आँखा चिम्लिएर तिमीलाई ठूलो जिम्मा दियो । एउटा नयाँ मार्गको ढोका खोलिदियो । तर तिमीले त्यसलाई सदुपयोग गर्न जानेनौ । तिमीले सपनाको गन्तव्यको महलमा पुगेर जनताको आशाको भारीलाई युगयुगसम्म सम्हाल्नुपर्ने थियो ।
सत्ताका लागि तिमीले जुन हतारो गर्यौ त्यसले जनताको आशामा धक्का लाग्यो । तिमीले उन्मत्त ध्रुवे हात्तीजस्तो, छेपारोजस्तो र रिह्याबबाट भागेको (कुलतमा फसेको) केटोजस्तो चरित्र देखायौ भन्ने जनताको गुनासो सुनियो ।
जनताले परिवर्तन महसूस गर्न नसक्ने देख्दादेख्दै सरकारमा जानुपर्ने हतारो किन ? के त्यस्तो सुविधा थियो र सरकारमा नगई नहुने ? सरकारका राम्रा कामलाई ठीक र नराम्रा कामलाई बेठीक मात्र भनेर देशैभरी संगठन विस्तारमा लागेको भए तिमीलाई अहिलेका यी नेताले सोध्ने थिए, ‘रवीजी हामी यसो गर्दैछौं, के गरौं ?’
तिमीले छायाँ सरकारको प्रधानमन्त्री बनेर सिंहदरबारको सरकारलाई खबरदारी गरेको भए तिमीलाई आर्को आमनिर्वाचनबाट प्रधानमन्त्री बन्न कसैले रोक्न सक्ने थिएन । विक्रम संवत् २०८४ मा तिमीलाई नेपालको प्रधानमन्त्री बन्नबाट कसैले रोक्दैन थियो । त्यो सबै हाम्रो पुस्ताको सपनाको न्याय हुने थियो ।
तिमीले सत्तामा जान हतारो गरेको देखियो । ३२ दिन उपप्रधानमन्त्री बनेर झण्डावाला गाडीमा चढ्ने रहर पुग्यो होला, तर खोई के परिवर्तन भयो ? पासपोर्ट, राष्ट्रिय परिचयपत्र बनाउने लामा लाइन घटे कि ? भ्रष्टाचार घट्यो कि ? केही भएन । भयो त केवल तिमीहरूको परीक्षण ।
दुःखका साथ भन्नुपर्छ रवि, तिमीले सपनाको हत्या गर्दैछौ । हत्या मात्र हैन, हाम्रो पुस्तालाई त्यही पुरातन दलको दलाल बन्न बाध्य पार्दैछौ । वैकल्पिक राजनीतिलाई दलदलमा फसाउँदैछौ । ‘नाईं मलाई त्यही केटी चाहिन्छ’ भनेजस्तो गृह मन्त्रालय नै चाहिन्छ भनेर जुन ढिपी गरिरहेका छौ, त्यो हेर्दा अन्य दलका नेता र तिमीमा के फरक भयो त ? भनेर जनताले सोधिरहेका छन् ।
फेरि कयौं वर्ष मुलुकमा यस्तो सपना ब्युँतिन नसक्ने गरी खतराको विष बनी आफूलाई कलंकित नगर रवि । सरकारमा जान फेरि मोलमोलाइ होइन, हतार गरिएछ भनेर माफी माग र नयाँ रोडम्याप कोर । तिम्रो नयाँ रोडम्यापलाई हाम्रो पुस्ताका युवाले साथ दिनेछन् । निमुखा जनता र गाउँघर कुरेर बसेका बाआमाको सन्तुष्टिको पर्याय बन । हामी तिमीलाई साथ दिन्छौं ।
तर, यो पुस्ताको सपनाको हत्या गर्ने हो भने तिमी तत्काल अमेरिका फर्केर आफ्नो बाटो लागिहाल, किनकी एउटा पुस्ताको सपनाको हत्या गर्ने अधिकार न तिमीलाई छ, न मलाई । तिमी असफल भयौ भने पनि नेपाली राजनीतिको कसिंगर सफा गर्न अर्को नायक जन्मिने छ । शाश्वत कुरा के हो भने– जनताको परिवर्तनको आकांक्षालाई कसैले दबाउन सक्दैन ।
( थाइल्यान्ड र सिंगापुरमा बसेर विभिन्न व्यवसायमा क्रियाशील युवा उद्यमी खड्का गैरआवासीय नेपाली संघ थाइल्यान्डका पूर्व महासचिव हुन् ।)
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...