२९ जेठ २०८३, शुक्रबार

शनिबार बस्नेगरी कांग्रेसले बोलायो विपक्षी मोर्चाको बैठक

शनिबार बस्नेगरी कांग्रेसले बोलायो विपक्षी मोर्चाको बैठक

कांग्रेसले शनिबार बस्ने गरी विपक्षी मोर्चाको बैठक बोलाएको छ ।

राष्ट्रिय सभाका उपाध्यक्ष, लुम्बिनीमा हुन लागेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनसहित विषयमा छलफल गर्न कांग्रेसले विपक्षी मोर्चाको बैठक बोलाएको हो ।

शनिबार दिउँसो कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको जानकारी कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले दिए । 

बिहीबार कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले विपक्षी मोर्चासँग पनि छलफल गरेर उम्मेदवार चयन गर्ने निर्णय गरेकोले बैठक आह्वान गरिएको जानकारी भानुले दिए । 

२५ माघमा लुम्बिनीमा राष्ट्रिय सभा सदस्यको लागि निर्वाचन हुँदैछ । जहाँ कांग्रेसले उम्मेदवार अघि सारेको छ । 

राष्ट्रपति चुनावमा पनि छलफल गर्दै कांग्रेसले २५ फागुनमा हुने राष्ट्रपतिको चुनावमा संसदमा रहेका दलबीच संवादको प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

राष्ट्रपतिमा आफ्नो उम्मेदवार अघि सार्ने तयारी गरेको कांग्रेसले नतिजा आफ्नो पक्षमा पार्ने गरी संवाद अघि बढाउने तयारी गरेको हो ।

सत्ता गठबन्धनमा फाटो आउन सक्ने भन्दै कांग्रेसले उताको असन्तुष्टिपछि दलहरूबीच सहमतिको वातावरण तयार गरेर अगाडि बढ्ने नीति पनि लिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्