
नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसालले चलाएको गाडी दुर्घटनामा परेको छ ।
भुसाल आफैंले हाँकेको गाडी बानेश्वर चोकमा डिभाइडरमा ठोकिएर दुर्घटनामा परेको उनका स्वकीय सचिव गौतम राईले जानकारी दिए ।
‘आज बिहान साढे ११ बजे उहाँ आफैंले चलाएको गाडी बानेश्वर चोकका डिभाइडरमा ठोकिएर दुर्घटना भएको हो’, राईले लोकान्तरसँग भने, ‘उहाँलाई कुनै ठूलो चोटपटक लाग्ने र ब्लिडिङ भएको छैन । तर प्रेसर कम भएका कारण रिंगटा लाग्दा केहीबेर बेहोस् जस्तो हुनुभएको हो । अरू समस्या छैन ।’
पौने २ बजेसम्म पनि भुसालको बानेश्वरस्थित सिभिल हस्पिटलमा उपचार भइरहेको जानकारी राईले दिए ।