२४ जेठ २०८३, आइतबार

टर्की भूकम्पको मार्मिक पाटो, राति घरमा सुतिरहेका मानिसहरूको किचिएर मृत्यु

माघ २३, २०७९
टर्की भूकम्पको मार्मिक पाटो, राति घरमा सुतिरहेका मानिसहरूको किचिएर मृत्यु
Getty Images

टर्कीमा सोमवार बिहान आएको भूकम्पका कारण ६६० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । 

राति मानिसहरू सुतिरहेको बेलामा भूकम्प आएकाले टर्की र सिरियामा धेरैको मृत्यु भएको हो । 

म्याग्निच्ुड ७.८ को भूकम्पको झड्का एक मिनेट जति अनुभव गरिएको थियो । इजिप्ट, लेबनन र साइप्रसमा पनि भूकम्पको झड्का पुगेको थियो ।

राति सुतिरहेका मानिस घरबाट भाग्न बाध्य भएका थिए । बाहिर पानी र हिउँ परिरहेको अवस्थामा काँप्दै रात बिताउन उनीहरू बाध्य भए । 

भूकम्पपछि कम्तीमा ४० वटा परकम्प आएका थिए अनि भवनहरू भत्किएका थिए । 

भवनमा मानिसहरू च्यापिएकाले मृतकको संख्या बढ्ने आकलन गरिएको छ । उद्धारकर्ताहरूले भग्नावशेषमा पुरिएका मानिसले बचाऊ बचाऊ भनी पुकारा गरिरहेको बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्