
अर्जेन्टिनाको सरकारी ऊर्जा कम्पनी वाईपीएफका अध्यक्ष पाब्लो गोन्जालेजले फूटबल सुपरस्टार लियोनल मेसीको जर्सी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिएका छन् ।
भारतमा चलिरहेको इन्डिया एनर्जी वीकको साइडलाइनमा मोदी र गोन्जालेजको भेट हुँदा गोन्जालेजले उक्त उपहार दिएका हुन् ।
मेसीले हालै अर्जेन्टिनालाई फूटबल विश्वकप जिताएका छन् ।
