१३ असार २०८३, शनिबार

धनुषाको शहीदनगरका पूर्व मेयर, उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता

धनुषाको शहीदनगरका पूर्व मेयर, उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता

धनुषाको शहीदनगर नगरपालिकाका पूर्व नगर प्रमुख उदयकुमार बरबरिया, उपप्रमुख शिलादेवी कापर, तत्कालीन आर्थिक प्रशासन प्रमुख नन्दकुमार झा, लेखा समितिका संयोजक जैसीलाल भिनावारसहित १२ जनाउपर भ्रष्टाचारको मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार विशेष अदालतमा उनीहरूविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो ।

कृषि सडक निर्माण गर्दा फिल्डमा भएको कामभन्दा बढी काम गरेको भनी गलत नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार पारी उपभोक्ता समितिलाई २ लाख १२ हजार ८१६ रुपैयाँ बढी भुक्तानी गरेको अभियोग पत्रमा उल्लेख छ ।

सुशासन समितिका संयोजक कन्हैया मुखिया, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो, इन्जिनीयर सञ्जय यादव, ८ नम्बर वडाका तत्कालीन वडाध्यक्ष तनुकलाल कुसियैत, योजना शाखा प्रमुख बिन्देश्वर यादवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

उपभोक्ता समितिका अध्यक्ष कारी चमार, कोषाध्यक्ष रेखा कुमारी, सचिव मुकेह लखनडे यादवविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

विसरभोरा नहरदेखि गोठ कोयालपुर सीमासम्म कृषि सडक निर्माण गर्दा लागत बढाई, बढाउन लगाई बढी काम गरेको भन्दै गलत प्रतिवेदन बनाई बढी रकम भुक्तानी गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्