०८ असार २०८३, सोमबार

आजको मौसम : उच्च पहाडी भूभागमा हिमपात हुने

आजको मौसम : उच्च पहाडी भूभागमा हिमपात हुने

देशभर पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकाले आज देशका केही उच्च पहाडी भूभागमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईका केही ठाउँमा विहानीको समयमा कुहिरो र हुस्सु लाग्नेछ । 

आज प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भुभागमा मौसम सफा रहने विभागले जनाएको छ । त्यस्तै, भोलि २५ गते बुधबार पनि प्रदेश १, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । उच्च पहाडी भूभागमा हल्का हिमपात हुनेछ ।

सोहीअनुसार २६ गते विहीबार दिउँसो पहाडी भूभागमा सामान्य बदली रहने र अन्य ठाउँमा मौसम सफा रहने छ । केही समयसम्म चिसो कायम रहने र तराईमा लाग्ने कुहिरोले एक दुई स्थानमा हवाई यातायातसमेत प्रभावित हुने विभागले जनाएको छ । चिसोबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्