अमेरिकी विकास सहयोग नियोग यूएसआइडीकी प्रमुख समान्था पावर आज विहान काठमाडौं आइपुगेकि छन् । नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई र अर्थमन्त्री विष्णु पौडेलसँग भेट्ने कार्यक्रम रहेको छ। उनको आजै प्रधानमन्त्री प्रचण्डसँग भेट हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
पावरले भ्रमणमा नेपालका नागरिक समाजका अगुवा, व्यवसायी लगायतलाई भेटेर नेपाललाई थप लोकतान्त्रिक, समृद्ध, समावेशी र लचिलो देश बनाउने प्रयास र उपलब्धिहरूबारे छलफल गर्ने यूएसएआईडीले प्रेस विज्ञप्तिमा जनाएको छ। नेपाल बसाइमा उनले नेपाल र अमेरिकाबीचको समझदारी र विकास ाझेदारीमा जोड दिने विश्वास गरिएको छ ।