३० जेठ २०८३, शनिबार

एलओडीले चौथो वार्षिकोत्सव मनाउने

एलओडीले चौथो वार्षिकोत्सव मनाउने

ठमेलस्थित ‘एलओडी क्लब’ले भोलि (बुधबार) 'चौथो' वार्षिकोत्सव मनाउने भएको छ ।

क्लबले चौथो वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेको हो ।

एलओडी सञ्चालनमा आएको चार वर्ष पुगेको अवसरमा र कोभिड-१९ महामारीले रोकिएको पर्यटन व्यवसायलाई चलायमान गराउन भए पनि यसपटक भव्य रुपमा चौथो वार्षिकोत्सव मनाउने तयारी गरेको एलओडी क्लबका निर्देशक रविन श्रेष्ठले जानकारी दिए ।​

गतवर्ष कोभिड-१९ महामारीको कारणले रोकिएको वार्षिकोत्सव थियो । सन् २०२२ को उत्कृष्ट क्लबको ५२ औ स्थानमा परेकाले यसपालिको वार्षिकोत्सवमा विदेशी कलाकारको प्रस्तुति रहने उनले बताए ।

उनका अनुसार क्लबमा विदेशी डिजे कलाकार मिस्टर पिग, जियान नोबेल्ली र हम्जाले प्रस्तुति दिनेछन् । क्लबका नियमित डिजेहरू रेडमस, सुरेन, अनिस, नाज र सरोजको प्रस्तुति हुनेछ ।

कार्यक्रममा पूर्व मिस नेपाल माल्भिका सुब्बाले होस्ट गर्ने श्रेष्ठले जानकारी दिए ।

सोही दिन क्लबमा आउने आफ्ना १० जना ‘लक्की’ ग्राहकलाई गिफ्ट ह्याम्पर प्रदान गरिने उनले जानकारी दिए ।

विजेता ग्राहकलाई  उपहारस्वरूप हेलीमा उडान र अन्य आकर्षक अफरहरू प्रदान गरिने उनले बताए ।

वार्षिकोत्सवमा अन्य प्रस्तुति पनि रहेको उनले जानकारी दिए। स्थापना भएदेखि देशी तथा विदेशी कलाकारले प्रस्तुति दिइसकेका छन्।

एलओडीमा भारतीय,टर्की,जर्मनी र इटालीका कलाकारले प्रस्तुति दिएर दर्शकलाई मनोरञ्जन प्रदान गरिसकेका छन् ।

श्रेष्‍ठले बलिउडका नेहा कक्कर, लक्की अली, अर्मन मल्लिक र इन्डियन आइडल पवनदीप लगायतका गायकहरूले शो गरिसकेका छन् ।

त्यसैगरी, टीम्मी ट्रमपेट, स्टेबीन बेन, ज्योतिका टंगारी लगायतका कलाकारले समेत प्रस्तुति दिइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्