२७ असार २०८३, शनिबार

मानव बेचविखनमा संलग्न फरार प्रतिवादी पक्राउ

मानव बेचविखनमा संलग्न फरार प्रतिवादी पक्राउ

मानव बेचबिखनमा संलग्न भई दोसी करार भएका फरार प्रतिवादी सिन्धुपाल्चोक गाउँपालिका –५ बस्ने कविता घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत सिन्धुपाल्चोकको २०६९ मंसिर ११ गतेको फैसलाले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा समेतगरी १३ वर्ष ७ महिना २० दिन कैद र ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार भएकी उनलाई नेपाल प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–३२ जडिबुट्टीबाट उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । उनलाई जिल्ला अदालत सिन्धुपाल्चोक बुझउनका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाइएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्