
कैलालीको गोदावरी नगरपालिकामा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु हुनेभएको छ । शिक्षा, युवा तथा खेलकुद शाखा गोदावरी नगरपालिकाको आयोजनामा आज बुधबारदेखि प्रतियोगिता आयोजना गर्न लागिएको हो।
गोदावरी नगरपालिका –६ मा रहेको शैलेश्वरी मावि बडेहाँमा प्रतियोगिता हुने बताइएको छ । प्रतियोगितामा १९ सामुदायिक र १४ संस्थागत गरी ३३ विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा भलिबल, कबड्डी, मार्सलआर्ट, एथलेटिक्स र फुटबल खेल खेलाइने आयोजकको भनाइ छ । प्रतियोगिता माघ २८ गते सम्पन्न हुनेछ। विजेता खेलाडी र समूहलाई पुरस्कार तथा शिल्ड उपलब्ध गराइने छ ।