
लुम्बिनी प्रदेशमा संसद्को माथिल्लो सदन राष्ट्रियसभा सदस्यका लागि उपनिर्वाचन शुरू भएको छ ।
नेकपा एमालेबाट निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुन पदबाट राजीनामा दिएपछि खाली रहेको सिटमा उपनिर्वाचन हुन लागेको हो ।
आगामी १ वर्षका लागि सदस्य चुन्ने उपनिर्वाचनमा एमालेका कुमार दशौदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर राय उम्मेदवार छन् । बिहान १० बजेदेखि कर्मचारी मिलन केन्द्र घोराहीमा मतदान शुरू भएको निवाचनमा पहिलो मतदान लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले गरे ।
उपनिर्वाचनमा ३०५ मतदाता रहेका प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकृत गेहेन्द्र कुँवरले जानकारी दिए ।