२१ जेठ २०८३, बिहीबार

स्माटच्वाइस टेक्नोलोजिज र प्रभु बैंकबीच फास्ट बैंकिङ सेवा सञ्चालन सम्झौता

स्माटच्वाइस टेक्नोलोजिज र प्रभु बैंकबीच फास्ट बैंकिङ सेवा सञ्चालन सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) तथा ‘क’ वर्गको वाणिज्य बैंक प्रभु बैंकबीच फास्ट बैंकिङ सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ ।

फास्ट बैंकिङ नेपाली बैंकिङ जगतमा मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमा खड्किएका समस्याहरूलाई समाधान गर्ने उद्देश्यका साथ बिगत पाँच वर्षदेखि अध्ययन तथा अनुसन्धान गरी निर्माण गरिएको ओम्नी च्यानल सोलुशन हो ।

यस सम्झौतापश्चात प्रभु बैंकका ग्राहकहरूले फास्ट बैंकिङको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्ने छन् ।

साथै, खुल्ला एपीआईमार्फत बैंकका थप सेवाहरूलाई मोबाइल बैंकिङमै जोड्न सकिन्छ र फास्ट बैंकिङले बैंकको शाखाहरूमा हुने ग्राहकहरूको उपस्थिति तथा म्यानुअल काम कटौती गरी ग्राहक र बैंक दुवैको समय र खर्च बृहत रुपमा घटाउन सकिन्छ ।

बिगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरिय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापना कालदेखि  नै ग्राहकहरूको  पहिलो रोजाइ बनेको प्रभु बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।

सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नारायण प्रकाश भुजु र प्रभु बैंकका तर्फबाट प्रमुख सन्चालन अधिकृत रश्मि पन्तले हस्ताक्षर गरेका छन्।

salt training

कमेन्ट गर्नुहोस्