२६ जेठ २०८३, मंगलबार

कांग्रेसलाई प्रमुख प्रतिपक्षीको मान्यता दिनुको कारण सर्वोच्चद्वारा माग

कांग्रेसलाई प्रमुख प्रतिपक्षीको मान्यता दिनुको कारण सर्वोच्चद्वारा माग

नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिन नमिल्ने दाबीसहित परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

अधिवक्ता विमलप्रसाद पोखरेलले दायर गरेको रिटमा सर्वोच्च अदालतकी न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले विपक्षी संघीय संसद् सचिवालयका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

साथै दुवै पक्षलाई छलफलका लागि समेत बोलाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसलाई विपक्षी दल मान्न नमिल्ने जिकिर रिटमा गरिएको छ ।

विश्वासको मत दिए पनि सरकारमा नगएको भन्दै कांग्रेसले आफूलाई प्रमुख प्रतिपक्षी दल भन्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्