
सुविसुको क्यान इन्फोटेक मेला अफर ल्याएको छ ।
यस्तो अफर अन्तर्गत भृकुटीमण्डमा मंगलबारदेखि आइतबारसम्म जारी ६ दिने क्यान इन्फोटेकमा सहभागी हुने ग्राहकलाई १ सय एमबीपीएस इन्टरनेट वार्षिक १२ हजार ९९९ मै दिइरहेको छ ।
सुविसुले क्यान मेला स्पेशल अफर अन्तर्गत २० प्रतिशत छुटमा ग्राहकलाई इन्टरनेट सुविधा दिइएको सुविसुका सुपरभाइजर सरस्वती विश्वकर्माले बताइन् ।
उनका अनुसार अन्य समयको तुलनामा क्यान इन्फोटेकमार्फत आफ्नो स्टलमा आएका ग्राहकलाई विशेष अफर दिइएको छ ।
यस्तो अफरमा इन्टरनेट सेवा लिन, सुविसुको स्टल भिजिट गर्नुपर्ने छ । स्टलमा पुगेका ग्राहकलाई कार्यालय प्रयोजन तथा घरायसी दुवैका लागि छुटमा इन्टरनेट सुविधा दिइने पनि विश्वकर्माले बताइन् ।
अन्य समयको तुलनामा छुट दिने र ग्राहक आकर्षण गर्न अफर ल्याइएको सुविसुले जानकारी दिएको छ ।
मेलामा जाने ग्राहकलाई १ सय एमबीपीएस इन्टरेनेट लिँदा १२ हजार ९९९ मै भिडाइस र वायरको पनि सुविधा दिइएको छ । अन्य समयमा डिभाइसका लागि १ हजार र वायरको लागि अर्को एक हजार शुल्क लिने गरिएको पनि सुविसुले जानकारी दिएको छ ।
यस्तो इन्टरनेट सुविधा त्रैमासिकको ४ हजार ९९९ र अर्धवार्षिकका लागि ७ हजार ९९९ तोकिएको छ ।
यसका साथै सुविसुले रेफर गर्ने ग्राहकलाई पनि २ महिनाको फ्री इन्टरनेट सुविधा दिएको छ । ग्राहकले आफन्त वा साथीभाइलाई हाम्रो सुविसुको इन्टरनेट प्रयोग गर्न रेफर गरेकै भरमा १ देखि २ महिनाको निःशुल्क इन्टरनेट सुविधा दिएर ग्राहकलाई प्रोत्साहन गरिरहेको सुविसुले जानकारी दिएको छ ।
यस्तो रेफर सुविधा अन्तर्गत ३ वा ६ महिनाको प्याकेज लिने ग्राहकको लागि भने १ महिनाको निःशुल्क इन्टरनेट सुविधा दिइएको पनि सुविसुले जानकारी दिएको छ ।