
सुर्खेतको भेरीगंगा नगरपालिका –८ लोदेस्थित भेरी नदीमा पौडी खेल्नेक्रममा वेपत्ता भएका दुई जना मध्ये एक जनाको शव सशस्त्र प्रहरीले शुक्रबार फेला पारेको छ ।
बिहीबार डोल्पाको ठूलीभेरी नगरपालिका –५ बस्ने २२ बर्षीय मकर रोकाय र २१ बर्षीय बीबी रोकाय सो नदीमा पौडी खेल्ने क्रममा डुवेर वेपत्ता भएका थिए । सोबारे जानकारी पाएपश्चात् सशस्त्र प्रहरी बल नेपाल नम्बर –६, महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट गोताखोरसहित खटिएको सशस्त्र प्रहरीले बीबी रोकायको शव फेला पारेको हो । अर्का एक जनाको खोजीकार्य भइरहेको सुचना अधिकारी शैलेन्द्र थापाले बताए ।