१६ असार २०८३, मंगलबार

सांसद थापाको पहिलो महिनाको पारिश्रमिक विद्यालयलाई

सांसद थापाको पहिलो महिनाको पारिश्रमिक विद्यालयलाई

प्यूठानबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सूर्य थापाले पहिलो महिनाको पारिश्रमिक प्यूठानको एक विद्यालयमा अक्षयकोष स्थापनाका लागि दिने घोषणा गरेका छन् । मल्लरानी गाउँपालिका २ चुँजामा रहेको अमर माध्यमिक विद्यालयमा अक्षयकोष स्थापनाका लागि सो पारिश्रमिक दिने सांसद थापाले घोषणा गरेका हुन् ।

विद्यालयको स्वर्ण महोत्सव कार्यक्रममा सहभागी भएका सांसद थापाले सम्बोधनका क्रममा सो सहयोग गर्ने घोषणा गरेका हुन् । थापाले पार्टीलाई बुझाउने लेबी र कर कट्टीपछि बचेको पारिश्रमिक विद्यालयलाई उपलव्ध गराउने उनले बताए । विद्यालयले उक्त रकमबाट आवश्यकता अनुसारको अक्षयकोष स्थापना गरेर सदुपयोग गर्न थापाले आग्रह गरे ।

एकमात्र निर्वाचन क्षेत्र रहेको प्यूठानमा थापा पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य र प्यूठान जिल्ला इन्चार्ज समेत हुन् । सांसद् निर्वाचित भएसँगै जिल्लामा हुने विभिन्न सार्वजनिक महत्वका कार्यक्रममा उनको सहभागिता रहनेगरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्