
तनहुँमा एक महिलालाई जवर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ गरेका छन् । प्रहरीका अनुसार २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ब्यास नगरपालिका–४ बाघभञ्याङ बस्ने २७ वर्षीय निरज परियार शुक्रबार पक्राउ परेका हुन् ।
परियारले ती महिलालाई डर त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।