×

NMB BANK
NIC ASIA

भ्युज बढाउन सकेनन् चलेका कलाकारले

कलाकारको नामले चल्छन् म्युजिक भिडियो ?

माघ २८, २०७९

NTC
Premier Steels

कुनै समय चर्चित गायक/गायिकाले स्वर दिएपछि ती गीतहरू प्रायः चल्थे । फलानो गायक/गायिकाले गाएको गीत भनेर चर्चा हुन्थ्यो ।

Muktinath Bank

चलेका मोडलहरूलाई अभिनय गराउँदा अझ चर्चा बढ्थ्यो । उनीहरूको नामले भिडियोको यूट्युब भ्युजमा फाइदा पुर्‍याउँथ्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लगानीकर्ताहरू पनि चलेका कलाकारलाई भिडियोमा खेलाउन मरिहत्ते गर्दथे । त्यो क्रम अहिले पनि जारी छ । 


Advertisment
Nabil box
Kumari

यद्यपि अहिले चर्चित कलाकारहरूको नामले भिडियो चल्ने अवस्था देखिँदैन । कलाकारको नामले भिडियो चल्ने अवस्था अहिले नरहेको स्वयं निर्देशकहरू बताउँछन् । 

Vianet communication

नाम चलेका कलाकारहरूका थुप्रै म्युजिक भिडियो भेटिन्छन्, जसले यूट्युबमा १ लाख पनि भ्युज पाएका छैनन् । चलेका कलाकारका कतिपय भिडियोले उनीहरूले लिएको पारिश्रमिक जति पनि भ्युज नपाएको देखिन्छ ।

यता कतिपय नाम नचलेका कलाकारहरूको भिडियोले पनि यूट्युबमा राम्रो भ्युज पाइरहेका हुन्छन् । 

निर्देशक निकेश खड्का अहिले कलाकारहरूको नामले भिडियो चल्ने अवस्था नरहेको बताउँछन् । ‘अहिले कुनै कलाकारहरूको नामले भिडियो चलेको अवस्था देखिँदैन,’ उनले लोकान्तरसँग भने, ‘अलि अगाडिसम्म राम्रो च्यानलबाट भिडियो आउँदा भ्युज केही राम्रो जान्थ्यो, अहिले त्यो माहोल पनि देखिँदैन । टिकटकमा अलि चलिदिएको गीतको भने यूट्युबमा भ्युज बढिरहेको देखिन्छ । नत्र भने समग्रमा भिडियोको भ्युज खासै गइरहेको छैन ।’

यो अभिनेता वा अभिनेत्री, त्यो मोडलको भनेर अहिले भिडियो चल्ने अवस्था नरहेको उनले दाबी गरे ।

हिट चलचित्रकी अभिनेत्री उपासनासिंह ठकुरी हालसालै पहिलोपटक म्युजिक भिडियोमा देखिइन् । यद्यपि उनको पहिलो म्युजिक भिडियोले यूट्युबमा १ लाख पनि भ्युज पाउन सकेको छैन । 

निश्चल बस्नेत र स्वस्तिमा खड्काको जोडीको अभिनय रहेको पछिल्लो गीत ‘यो मुलाइ मस्किन्छे’ले पनि यूट्युबमा राम्रो भ्युज पाउन सकेन । 

‘उपासनाले खेलेको भिडियोको भ्युज खास्सै गएन । अस्ति निश्चल बस्नेत दाइहरूले गरेको भिडियो पनि चलेन,’ निर्देशक खड्काले भने, ‘म्युजिक भिडियो धेरै आएर हो कि किन हो ? चलिरहेका छैनन् । अहिले भिडियो चल्ने पनि कम र बन्ने पनि कम भएको छ ।’ 

अर्का निर्देशक काजिश श्रेष्ठ पनि खड्काको कुरामा सहमत छन् । उनी कलाकारहरूको नामबाट भिडियोको भ्युजलाई फाइदा पुर्‍याउने अवस्था नदेखिएको हुनाले पछिल्लो समय लगानीकर्ताहरू समेत हिच्किच्याइरहेका बताउँछन् ।

‘जोसुकै चलेको कलाकारलाई लिँदा लगानी सुरक्षित हुन्छ भन्ने अवस्था अहिले देखिएन । सोही कारण अहिले जोकोहीले खुलेर लगानी गरिरहेका छैनन्,’ श्रेष्ठले भने । 

गत वर्षसम्म कलाकारहरूको नामले भिडियोको भ्युजलाई फाइदा पुर्‍याउँथ्यो । अभिनेता पल शाहले अभिनय गरेका अधिकांश भिडियोले यूट्युबमा राम्रो भ्युज पाउने गरेको श्रेष्ठले स्मरण गरे ।

‘पलजीको गीतले राम्रो भ्युज पाउँदा लगानीकर्ताहरू हौसिन्थे, उनीहरूले एकपछि अर्को भिडियोमा लगानी गर्थे,’ श्रेष्ठले भने, ‘अहिले त्यो खालको कोही मोडल देखिएनन् ।’

राम्रो अडियो छ भने भिडियोमा जोकोही कलाकारलाई खेलाउँदा पनि हुने अवस्था अहिले रहेको उनले बताए । पहिले राम्रो अडियोको भिडियो बनाउँदा त्यसमा चलेको कलाकार लिँदा भ्युजमा निकै फाइदा पुर्‍याउने गरेको उनले स्मरण गरे । 

‘सर्वप्रथम अडियो बलियो हुनुपर्‍यो । यो कलाकार राख्दा भ्युज धेरै जान्छ भन्ने अवस्था रहेन,’ स्पष्ट पार्दै उनले भने, ‘टिकटकबाट आएका नयाँ कलाकार खेलाउँदा पनि कतिपय भिडियोले राम्रो भ्युज पाइरहेका छन् । स्टार भनिएका कलाकार खेलाउँदा पनि कतिपय भिडियोको भ्युज लाजमर्दो छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x