×

NMB BANK
NIC ASIA

आयोगको कार्यालय इटहरीले मनायो ३२ औँ स्थापना दिवस

माघ २८, २०७९

NTC
Premier Steels

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले ३२ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।  स्थापना दिवसको अवसरमा शनिबार कार्यालय प्रमुख (सहसचिव) तीर्थराज चिलुवालको अध्यक्षतामा ‘मिलेर फालौँ भ्रष्टाचारको जालो, सुशासन प्रबर्द्धनमा गरौँ हातेमालो’ भन्ने नाराका साथ एक कार्यक्रम सम्पन्न गरिएको छ । 

Muktinath Bank

कार्यालयको सभाहलमा भएको  उक्त कार्यक्रममा आयोगको कार्यालय इटहरीको कार्यक्षेत्रभित्र रहेका कक्षा ९ देखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” विषयक निवन्ध प्रतियोगितामा गरिएको थियो ।  प्रतियोगितामा सुनसरीको बराह क्षेत्रस्थित श्री जगन्नाथ डेडराज जनता माविमा कक्षा ९ मा अध्ययनरत छात्रा कन्चन पौडेल प्रथम भइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

उनले प्रमाणपत्रसहित १२ हजार रुपैयाँ नगद पुरस्कार पाउँदा मोरङको श्री बालकल्याण विद्या मन्दिर उमाविमा कक्षा १२ मा अध्ययनरत छात्रा अनुष्का रेग्मी दोस्रो र श्री कवि शिरोमणि मावि झापामा कक्षा ११ मा अध्ययनरत उषा निरौला तेस्रो भए । उनीहरुले क्रमशः ९ हजार र ७ हजार ५०० रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे । 

Vianet communication

त्यसै गरी कार्यालयमा कार्यरत कर्मचारीहरुबीच सम्पन्न भएका विभिन्न विधाका खेलकुद प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गर्ने कर्मचारीहरूलाई प्रमाण पत्र वितरण गरिएको थियो भने अर्धवार्षिक अवधिमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरूलाई पनि नगद पुरस्कार सहित प्रमाणपत्र वितरण गरिएको उपसचिव निरज कुमार देवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यस्तै कार्यालयमा लामो समयदेखि कार्यरत लगनशील कर्मचारीहरूलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको विज्ञप्तिमा उल्लेख छ । 

यसैगरी  नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र धरानको समन्वय र सहकार्यमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको छ । 

कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागीलाई उपसचिव देवले अख्तियारको स्थापनाको औचित्य, यसको प्रभावकारिता र हालसम्म सम्पादन भएका कार्यहरूको विषयमा स्पष्ट पारेका थिए । 

उपसचिव देवले आयोगको स्थापनाको औचित्यबारे धारणा राख्दै स्वतन्त्र र स्वायत्त संस्थाको रूपमा रहेको आयोगले निर्भीकताका साथ तटस्थ भएर कार्य गर्दै आएको बताए । उनले भ्रष्टाचारका प्रकृति र प्रवृत्तिका स्वरूप फेरिएका सन्दर्भ उल्लेख गर्दै भ्रष्टाचार अनुभूति सूचाकांकको प्रतिवेदन अनुसार नेपालमा अझै भ्रष्टाचारको भयावह अवस्था रहेको बताए । 

उनले भ्रष्टाचारजन्य कार्य गर्ने उपर निर्मम रूपमा छानबिन तथा अनुसन्धान गरिरहेको बताउँदै अझै पनि सेवा प्रवाहको अवस्था गुनासो रहित हुन नसकेको, सार्वजनिक स्रोतको परिचालनमा व्यापक अनियमितता हुने गरेको, विकास व्यवस्थापनको प्रक्रियामा सङ्गठित रूपमा अनियमितता बढेको र गुणस्तर खस्किँदै गएको बताए ।  यस्ता कार्यमा नियन्त्रण र खबरदारी गर्न सबै पक्षको सहकार्य र समन्वय आवश्यक रहेको उनको भनाइ थियो । 

यस्तै कार्यक्रमको समापन गर्दै कार्यालयका प्रमुख चिलुवालले पुरस्कृत तथा सम्मानित हुने सम्पूर्ण कर्मचारीहरू तथा विद्यार्थीहरूलाई बधाई एवं धन्यवाद दिँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गरे । 

आयोगको कार्यालय इटहरीमा गत वर्ष कुल उजुरी २०२४ वटा रहेकोमा १०८० वटा फर्छ्यौट भएका छन् । यस्तै ९४४ वटा उजुरी फर्छ्यौटका क्रममा रहेका छन् भने चालू वर्षको प्रथम ६ महिनाको अवधिसम्ममा १६३३ उजुरी रहेकोमा ६७४ वटा फर्छ्यौट भइसकेका छन्। कार्यालयले  भ्रष्टाचार नियन्त्रणका लागि प्रवर्द्धनात्मक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x