१९ असार २०८३, शुक्रबार

ईलाइट कप फुटबलको उपाधि युवा जनहितलाई

ईलाइट कप फुटबलको उपाधि युवा जनहितलाई

कैलालीको कैलारी गाउँपालिका ६ मा भएको इलाइट कप फुटबल प्रतियोगिताको उपाधि युवा जनहित क्लबले जितेको छ । ईलाइट युथ क्लवको आयोजनामा बनकट्टा खेल मैदानमा भइरहेको प्रतियोगिताको फाइनलमा सुपर मुन अफ लेक क्लबलाई ३२ ले हराउँदै युवा जनहित च्याम्पियन बनेको हो । 

युवा जनहितलाई च्याम्पियन बनाउन रोशन विक, निराजन धामी र कुवेर सिंहले एक एक गोल गरे । सुपर मुनका लागि शिशिर मगरले दुई गोल गरे पनि टीमलाई च्याम्पियन बनाउन सकेनन् । फाइनल खेलको म्यान अफ द म्याच युवा जनहितका कुवेर सिंह भए । उनले नगद दुई हजार प्राप्त गरे । 

ईलाइट कप फुटवल प्रतियोगिताको बिजेता बनेको युवा जनहितले नगद ७५ र उपबिजेता भएको सुपर मुनले नगद ३५ हजार पुरस्कार पाएको ईलाइट युवा क्लवका अध्यक्ष देवेन्द्र हमालले बताए । यस्तै, प्रतियोगिताका विभिन्न विधामा पनि युवा जनहितले नै कब्जा जमाएको छ । 

प्रतियोगिताको उत्कृष्ट खेलाडी युुवा जनहितका सुशिल विक भए । उनले नगद ५ हजार प्राप्त गरे । यस्तै, उत्कृष्ट गोलरक्षक युवाजनहितकै सन्दीप कडायत र सर्वाधिक गोलकर्ता युवा जनहितकै कुवेर सिंह भए । उनीहरुले नगद दुई दुई हजार प्राप्त गरे । 

विजयी खेलाडीलाई शनिबार एक समारोहबीच पुरस्कार वितरण गरिएको छ । माघ २० गतेदेखि भएको प्रतियोगितामा १६ वटा टीमको सहभागीता रहेको थियो । पहिलो संस्करणको आयोजनापछि प्रतियोगितालाई निरन्तरता दिने क्लबले जनाएको छ । आगामी संस्करणमा नगद पुरस्कार बृद्धिसँगै राष्ट्रिय खेलाडीलाई पनि सहभागी बनाउने क्लबका अध्यक्ष हमालले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्