
फ्रेन्च लिग वानमा पिएसजी मोनाकोसँग पराजित भएको छ । लियोनल मेसी र केलियन एमबाप्पे बिनै मैदानमा उत्रिएको पिएसजी मोनाकोसँग ३–१ ले पराजित भएको हो । चोटका कारण दुबै खेलाडी अनुपस्थित भएको समाचारमा उल्लेख छ ।
गएराति खेलको चौथो मिनेटमा एलेक्जेन्डर ग्लोभानीले गरेको गोलमा पिएसजीविरुद्ध मोनाकोले अग्रता लिएको थियो । तर, यस्तै मोनाकोले १८औं मिनेटमा दोब्बरको अग्रता बनायो ।
यस्तै पहिलो हाफको इन्जुरी समयमा मोनाकोले अर्को गोल थप्यो । पीएसजीका लागि भने ३९ औँ मिनेटमा वारेनले एक गोल गरे ।