०३ असार २०८३, बुधबार

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा

राजनीतिक विषय, राष्ट्रपति तथा उपराष्ट्रपतिको आगामी निर्वाचन र सरकारलाई पूर्णता दिने विषयमा छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुरुभएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खर शुरुभएको बैठकमा चार दलमात्र सहभागी रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए । 

यसअघि शुक्रबार बसेको बैठकमा पनि जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेता अनुपस्थित रहेका थिए । आजको बैठकमा पनि अहिलेसम्म चार दल मात्र सहभागी रहेको उनले जानकारी दिए । आजको बैठकमा राष्ट्रपति तथा उपराष्ट्रपतिका सम्बन्धमा गम्भीर छलफल हुने बताइएको छ । रवि लामिछाने नेतृत्वको रास्वपालाई सरकारमा सहभागी गराउने विषयमा संयन्त्रमा छलफल जारी छ । यसअघि शुक्रबारको बैठकमा पनि सो विषयमा छलफल भएको थियो । बैठकमा रवि लामिछानेले आफ्नो दललाई गृहमन्त्री दिनुपर्ने अडान कायमै राखेको बुझिएको छ । 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रमा सत्ता साझेदार दलबाट माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी सदस्य छन् ।  

salt training

कमेन्ट गर्नुहोस्