०३ असार २०८३, बुधबार

आगलागीबाट लाखौं रुपैयाँ बरावरको क्षति

आगलागीबाट लाखौं रुपैयाँ बरावरको क्षति

उदयपुरको त्रियुगा नगरपालिका –८ पानी ट्याङकी बस्ने दिर्गमाया खड्काको घरमा शनिबार विद्युत सर्ट भई आगलागी हुँदा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन, लगायतका सरसामान जलेर नष्ट भएको छ । आगलागीबाट करिब १४ लाख १५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । 

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिए पनि घरभित्रको सामान जोगाउन नसकिएको बताएको छ । घटनाबारे अध्ययन भइरहेको प्रहरीको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्