२५ असार २०८३, बिहीबार

अर्थमन्त्री पौडेलले भने- कुनै पनि कालखण्डका भ्रष्टाचार 'इन्तु परन्तु' नभनी बाहिर ल्याउँछौं

अर्थमन्त्री पौडेलले भने- कुनै पनि कालखण्डका भ्रष्टाचार 'इन्तु परन्तु' नभनी बाहिर ल्याउँछौं

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कुनै पनि कालखण्डका भ्रष्टाचारजन्य अपराधलाई  ‘इफ, बट इन्तु परन्तु’ नभनी बाहिर ल्याउने बताएका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा चालु आर्थिक बजेटको अर्धवार्षिक समिक्षाकोप्रतिवेदन प्रतिनिधि सभामा पेस गर्दै उनले वर्तमान सरकार भ्रष्टाचार र सुशासन कायम गर्ने सन्दर्भमा स्पष्टताकासाथ प्रस्तुत भइरहेको बताए।

अर्थमन्त्री पौडेलले सरकारले नीतिगत प्राथमिकता र न्यूनतम् कार्यक्रम सार्वजनिक गर्ने क्रममा स्पष्ट पारेको बताए।

उनले २०४७ सालपछिका वा मल्टिपार्टी शुरू भएपछिका भ्रष्टाचार अपराध बाहिर नआउने चर्चा भए पनि सरकारले कुनै पनि कालखण्ड गरेका भ्रष्टाचारका अपराधहरूलाई बाहिर लाउने बताए।

भ्रष्टाचारजन्य अपराध गर्नेलाई सरकार कानूनअनुसार दण्डित गर्न दृढ प्रतिवद्ध रहेको उनको भनाइ थियो।

अर्थमन्त्री पौडेलले राजश्व चुहावटमा संलग्नलाई कानूनको दायरामा ल्याउने र कर कानूनको परिचालन गर्ने बताए।

उहाँले सरकारले राजश्व चुहावट नियन्त्रणमा संलग्न निकायबीच सूचना आदानप्रदान गर्ने र समन्वयलाई प्रभावकारी बनाउने नीति लिएको बताए।

salt training

कमेन्ट गर्नुहोस्