०६ असार २०८३, शनिबार

हेटौंडा सिमेन्ट उद्योग कोइला अभावमा बन्द

हेटौंडा सिमेन्ट उद्योग कोइला अभावमा बन्द

कोइलाको अभावमा हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ ।

उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आपूर्तिको बोलपत्र आह्वान गरेर पहिलो र दोस्रो चरण गरी १० हजार मेट्रिक टन कोइला ल्याउने क्रममा रहेको जनाएको छ ।

उद्योगमा पर्याप्त कोइला भण्डारण गरेपछि आगामी फागुन ५ गते भित्र सिमेन्ट उत्पादन गर्ने तयारी गरिएको हेटौंडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए ।

उनका अनुसार उद्योगले गुणस्तरीय कोइला भारत, इन्डोनेसिया, भूटान र पाकिस्तानबाट आयात गरी ल्याउँदै गरेको जानकारी दिए ।

सो उद्योगबाट उत्पादित सिमेन्ट काठमाडौं, हेटौंडालगायत शहरमा आपूर्ति भइरहेको उद्योग व्यवस्थापनले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्