२७ असार २०८३, शनिबार

नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा

कात्तिक २०, २०७४
नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा

काठमाडौँ, ७ भदौ - साफ यु–१५ च्याम्पियन्सिपको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग २–१ गोल अन्तरले पराजित भएको छ । जितसँगै भारत समूह बीको समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्लेक्सको खेल मैदानमा आज भएको खेलमा भारतका कप्तान विक्रम प्रताप सिंहले २७ औँ मिनेटमा गोल गर्दै आफ्नो मुलुकलाई अग्रता दिलाएका थिए । नेपालले ४१ औँ मिनेटमा रोशन राना मगरकोे गोलबाट खेललाई बराबरीमा पु¥याए ।

पहिलो हाफ एक-एक गोलको बराबरीमा रोकिए पनि ६५ औँ मिनेटमा भारतका रवीबहादुर राणाले गोल गर्दै अग्रतालाई दोब्बर बनाए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र खेल भारतले २–१ गोल अन्तरले जित्यो ।

नतिजासँगै नेपाल समूह ‘बी’को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।

यसअघि नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ६–० गोल अन्तरले पराजित गरेको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्