२७ जेठ २०८३, बुधबार

देउवा र मोदीबीच आकस्मिक भेटवार्ता, औपचारिक भेट भोलि !

कात्तिक २०, २०७४
देउवा र मोदीबीच आकस्मिक भेटवार्ता, औपचारिक भेट भोलि !
नयाँ दिल्ली, ७ भदौ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग आकस्मिक भेटवार्ता गरेका छन् । पूर्व निर्धारित कार्यक्रम बिना नै मोदीले देउवासंग बुधवार भेटवार्ता गरेका हुन् ।
दिल्ली स्थित नेपाली दूतावासको कार्यक्रममा सहभागी भएर देउवा मोदीलाई भेट्न भारतीय प्रधानमन्त्रीको सरकारी निवास ‘सेभेन रेशकोर्ष’ पुगेका थिए ।


औपचारिक भेटको अघिल्लो दिन भएको यस भेटलाई महत्वका साथ हेरिएको छ । यसलाई कतिपयले देउवाको भ्रमणलाई भारतले विशेष महत्व दिएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै मोदीले छिमेकी देशका प्रधानमन्त्री देउवालाई स्वागत गर्न पाउँदा खुसी लागेको र भोलि बिस्तृत भेटवार्ता हुने उल्लेख गरेका छन् ।

प्रधानमन्त्री मोदीसँग भोलि हुने औपचारिक भेटवार्तामा दुईदेश बीचको सम्बन्ध विस्तार लगायत समसामयिक बिषयमा छलफल हुने भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले बताए । भारतीय बाँधका कारण नेपाली भू–भागमा भइरहेको डुवानको बिषय पनि उठ्ने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्