१० साउन २०८३, आइतबार
राष्ट्रपतिबाट आम माफी पाएर छुटे सांसद

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी भए रिहा

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी भए रिहा

नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी कैलाली कारागारबाट आज आइतबार विहान रिहा भएका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरीलाई स्वागत गर्न सो दलका अध्यक्ष रञ्जिता चौधरीसहित नेता कार्यकर्ता स्वागत गर्न कैलाली कारागार गएका थिए । 

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रजातन्त्र दिवसको अवसरमा ३९५ जना कैदीको सजाय माफी गरेकी थिइन्। सोही सूचीमा कैलाली कारागारमा रहेका चार जनाको नाम समावेश रहेको थियो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले आवश्यक प्रक्रिया पूरा गरेर चौधरीलाई रिहा गरिएको जानकारी दिए । थरुहट आन्दोलनताका बन्दको अवज्ञा गरिएको भन्दै २०६६ भदौ ३ मा ट्याक्टर जलाएको घटनामा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो । उनी पक्रउ परेपछि संघीय र प्रदेश सरकार समस्यामा पर्न थालेपछि सरकारले सांसद चौधरीलाई रिहाइका लागि सिफारिस गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्