
भारतका विदेशमन्त्री एस जयशंकरले अमेरिकाका अर्बपति व्यापारी जर्ज सोरोसको उछित्तो काढेका छन् ।
सोरोस, बूढो, धनी, जिद्दी, पूवाग्रही र खतरनाक भएको जयशंकरले बताए । उनी कथा रच्न सिपालु भएको जयशंकरको भनाइ छ । न्युयोर्कमा बसेर संसार आफ्नो इशारामा चलाउने दिवास्वप्न सोरोसले देख्ने गरेको जयशंकरको आरोप छ ।
९२ वर्षीय सोरोसले गत बिहीवार गौतम अडानीलाई परेको समस्याका कारण सत्तामा प्रधानमन्त्री नरेन्द्र मोदीको पकड कमजोर हुन सक्ने बताएका थिए । मोदी लोकतान्त्रिक मुलुकको नेता भए पनि आफैं चाहिँ लोकतान्त्रिक नभएको पनि उनले आरोप लगाएका थिए ।
सोरोसको यो टिप्पणी पश्चिमी दृष्टिकोण भएको जयशंकरले रायसिना डायलोगको आरम्भिक सत्रमा गरेका हुन् ।
भारत विरोधी जॉर्ज सोरोस के निंदनीय वक्तव्य को पूर्णतः ध्वस्त करते हुए माननीय विदेश मंत्री डॉ. एस जयशंकर जी ने उपयुक्त जवाब दिया। pic.twitter.com/82kLFpHDLy
— Vinod Tawde (@TawdeVinod) February 18, 2023