२९ असार २०८३, सोमबार

पार्टीगतभन्दा पनि साझा व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ- महासचिव गुरुङ

पार्टीगतभन्दा पनि साझा व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ- महासचिव गुरुङ
फाइल तस्वीर

नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले राष्ट्रपतिको उम्मेदवार साझा व्यक्ति हुनुपर्ने बताएका छन्।

प्रेस सेन्टर नेपाल, कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाटमा उनले पार्टीगतभन्दा पनि साझा व्यक्तिबाट राष्ट्रपति खोज्न आवश्यक भएको बताए। 

'कांग्रेस र एमालेले राष्ट्रपतिको उम्मेदवारी दिने तयारी गरेका छन् तर पार्टीभन्दा बाहिरबाट संविधान र लोकतन्त्रको मर्म बुझेको साझा व्यक्ति राष्ट्रपति हुनुपर्छ भनेर हामीले भनेका छौँ', गुरुङले भने, 'संविधानले पनि साझा र दलगतभन्दा बाहिरको व्यक्ति राष्ट्रपतिको परिकल्पना गरेको छ ।'

राजनीतिक पार्टीका व्यक्ति राष्ट्रपतिमा चुन्दा पटकपटक धोखा खानु परेकाले स्वच्छ छवि भएका  लोकतन्त्र र संविधानको रक्षा गर्ने व्यक्ति राष्ट्रपतिका लागि उपयुक्त पात्र हुने भनाइ उनको छ । 

'स्वच्छ छवि भएको व्यक्ति राष्ट्रपति चयन गर्न प्रस्तावक जुन दल पनि हुनसक्छ', उनले भने, 'संविधानलाई भताभुंग गरेर आफूनिकट पार्टीको पक्षमा निर्णय गर्ने राष्ट्रपति हैन, यसअघि पनि हामीले राष्ट्रपतिबाट धोखा पाइसकेका छौँ ।'

राष्ट्रपतिको विषयमा मुलुकको हितका विषयमा सोच्नुपर्नेमा जोड दिँदै उनले भने, 'पार्टीगत फाइदाभन्दा पनि समग्र मुलुकको राजनीतिक स्थिरताको लागि सोच्नुपर्छ ।'

राजनीतिक स्थिरताका लागि संविधानको रक्षा, सुशासन, आर्थिक समृद्धि र स्वाधीनता रक्षाका  राजनीतिक दलहरू पार्टी स्वार्थबाट माथि उठ्नैपर्ने भनाइ उनको थियो। 

salt training

कमेन्ट गर्नुहोस्