२० असार २०८३, शनिबार

आगलागी हुँदा दुईको मृत्यु

आगलागी हुँदा दुईको मृत्यु

छुट्टाछुट्टै आगलागी घटनामा परेर दुई जनाको मृत्युभएको छ । प्रहरीका अनुसार गुल्मीको ईस्मा गाउँपालिका –१ मल्दी बस्ने ८४ वर्षीया पवित्रा खत्रीको आगलागीमा जलेर मृत्यु भएको छ । आफ्नै घरमा खाना पकाउने क्रममा कपडामा आगो सल्किएर गम्भीर घाइते भएकी उनको उपचारको लागि अस्पताल लैजानेक्रममा बाटोमै मृत्यु भएको हो ।

त्यस्तै, स्याङजाको फेदीखोला गाउँपालिका –१ नैखुस्थित बारीमा पात पतिङगर जलाउने क्रममा आगलागी हुँदा कास्की पोखरा महानगरपालिका –१७ बेलघारी बस्ने ३३ वर्षीय हरि नेपालीको घटनास्थलमै मृत्यु भएको छ । 

कास्की पोखरा महानगरपालिका–१७ छोरेपाटन बस्ने देवप्रसाद सुवेदीको उक्त बारीमा सुन्तलाको बिरुवा रोप्न खाल्डो खनी पात पतिङगर जलाउने क्रममा हरिको उक्त आगोमा परी ज्यान गएको हो । 

यसैबीच जुम्लाको चन्दननाथ नगरपालिका –६ बसपार्क बस्ने मेघराज न्यौपानेको घरमा ग्याँस लिक भई शनिबार दिउँसो आगलागी हुँदा घरमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्