
देवघाट गाउँपालिका –५ कालीमाटीस्थित भट्टराई कृषि बाख्रा खोरमा आगलागी भएको छ । आगलागी हुँदा खोरमा रहेका चार बाख्रा जलेका छन् । बुद्विप्रसाद उपाध्यायको फार्ममा आइतबार आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीले चार बाख्रा मरेको र १८ बाख्रा घाइते भएको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले बताए । क्षतिको विवरण लिने काम भइरहेको प्रहरीले जनाएको छ । यसअघि माघ २६ गते बन्दीपुर गाउँपालिका –५ याम्पास्थित कुमालटारी कृषि फर्ममा आगलागी हुँदा करिव ६० लाखको नोक्सान भएको प्रहरी जनाएको छ ।