२३ असार २०८३, मंगलबार

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन गराउन उच्च अदालतका न्यायाधीश पौडेल निर्वाचन अधिकृत नियुक्त

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन गराउन उच्च अदालतका न्यायाधीश पौडेल निर्वाचन अधिकृत नियुक्त

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन गराउने गरी उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई निर्वाचन अधिकृत नियुक्त गरेको छ ।​ सोमवार काठमाडौंको नयाँ बानेश्वरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै आयोगले न्याय परिषद्को परामर्शमा पौडेललाई निर्वाचन अधिकृत नियुक्त गरिएको जनाएको हो ।

निर्वाचनका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई नै मतदानस्थल तोकी २ वटा मतदान केन्द्र निर्धारण गरिएको पनि आयोगले जनाएको छ । संघीय संसदका सदस्यले एउटा र प्रदेश सभाका सदस्यले अर्काे मतदान केन्द्रबाट मतदान गर्न पाउनेछन् ।

राष्ट्रपति निर्वाचनका लागि फागुन १० गते मतदाता नामावली प्रकाशन, फागुन १३ गते उम्मेदवारी दर्ता, फागुन १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र फागुन २५ गते मतदान हुने कार्यसूची छ ।

राष्ट्रपति चुनाव सकिएपछि फागुन २७ गते उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गरिने आयोगले जनाएको छ । जसअनुसार चैत ३ गते मतदान हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्